गभर्नरले आफूनिकट सरकार आएपछि मौद्रिक नीति खुकुलो बनाए: पुन – Janadesh Daily | ePaper

गभर्नरले आफूनिकट सरकार आएपछि मौद्रिक नीति खुकुलो बनाए: पुन


पूर्वअर्थमन्त्री वर्षमान पुनले आफूसँग वैचारिक निकटता भएका प्रधानमन्त्री र अर्थमन्त्री सरकारमा आएका कारण गभर्नरले खुकुलो नीति लिएको बताएका छन् । बिहीबार अर्थ समितिको बैठकमा उनले गभर्नरले आफ्नो बाटोभन्दा विपरीत गएर खुकुलो नीति ल्याएको बताएका हुन् ।

उनले भने, ‘विगत शेरवहादुर देउवाको नेतृत्वको सरकारलाई गभर्नरले साथ दिनुभएन । प्रचण्डको सरकारलाई पनि गभर्नरले साथ दिनुभएन । अहिले आफूसँग वैचारिक निकटता भएको प्रधानमन्त्री र अर्थमन्त्री आउनासाथ उहाँले अलिकति खुकुलो गर्नुभयो । आफ्नो बाटोभन्दा विपरीत खुकुलो नीति ल्याउनुभयो । यस्ता कुरामा जनताको प्रतिनिधि खुलेर बोल्नुपर्छ ।’

यसको साथै उनले समग्रमा वित्तीय नीति र मौद्रिक नीतिको तालमेल मिलेको पनि बताए । उनले राज्यको निकायमा बसिसकेपछि जुनसुकै पृष्ठभूमिको भए पनि जनता र राष्ट्रको बारेमा सोचेर काम गर्नुपर्ने भन्दै इगो लिएर काम गर्न नसक्ने बताए । यसको साथै उनले कुनै चलखेल र लेनदेनविना काम गर्ने राम्रो र योग्य व्यक्तिलाई बोर्डको नेतृत्वमा ल्याउनुपर्ने बताए ।

उनले भने, ‘धितोपत्र बोर्डमा प्रोफेसनल र नेतृत्वका विषयमा धेरै कर्पोरेट हाउसले चासो राखेका छन् । मुख्य चासो नियामक र राम्रो नेतृत्व होस भन्ने छ । फेयर र असल मान्छे आउनुपर्यो । गठबन्धनले राम्रो नेतृत्व ल्याउनुपर्छ । धितोपत्र बोर्डको अध्यक्ष राम्रो होस् र नियमन गर्न सकोस । कुनै लेनदेन गर्ने खालको नहोस् ।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्