काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्से २.११ अंकले बढेर दुई हजार ९६८.४४ विन्दुमा पुगेको छ ।
बैंकिङ १०, विकास बैंक ४०, फाइनान्स १८६ र अन्य उपसमूह ४ अंकले बढेको छ । होटल तथा पर्यटन ७६, हाइड्रोपावर २७, ब्यापार ८६, उत्पादन ३२, जीवन बीमा २८, निर्जीवन बीमा ९८ र माइक्रोफाइनान्स उपसमूह २९ अंकले घटेको छ ।
आज सबैभन्दा धेरै कर्पारेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स, दोल्ती पावर कम्पनी र मल्टीपर्पोस फाइनान्सको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज कर्णली डेभलपमेन्ट बैंकको सेयर १० प्रतिशतले घटेको छ ।
यस दिन ३३७ कम्पनीको ४ करोड १४ लाख कित्ता सेयर १८ अर्ब ९० करोडमा कारोबार भएको छ ।