काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य ९ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ९ सय रुपैयाँले घटेर तोलामा १ लाख ५१ हजार ४ सय रूपैयाँ कायम भएको हो ।
बिहीबार सुनको मूल्य तोलामा १ लाख ५१ हजार ९ सय रुपैयाँ कायम भएको थियो। यस्तै आज चाँदीको मूल्य पनि घटेको छ ।
बिहीबार तोलामा १ हजार ८ सय ३० रूपैयाँमा कारोवार भएको चाँदी आज १५ रूपैयाँले घटेर १ हजार ८ सय १५ रूपैयाँमा कारोवार भैइरहेको छ ।