अमेरिकाको टेक्सस राज्यको ह्युस्टनमा एक नेपाली युवतीको गोली हानेर हत्या भएको छ । गत सोमबार साँझ टेक्सासस्थित आफै बसेको अपार्टमेन्टमा नेपाली विद्यार्थी मुना पाण्डेको गोली हानेर हत्या भएको हो ।
नेपाल भोजपुर घर भएकी भनिएकी २१ वर्षीया पाण्डे टेक्सासस्थित होस्टन कम्युनिटी कलेजमा अध्ययनरत थिइन् ।
शनिबारदेखि सम्पर्कविहीन रहेकी पाण्डे सोमबार आफ्नै अपार्टमेन्टमा टाउको र छातीमा गोली लागेको अवस्थामा मृत भेटिएको त्यहाँको प्रहरीले जनाएको छ । घटनाबारे त्यहाँको प्रहरीले अनुसन्धान गरिरहेको छ ।