५३ अंकले घट्यो नेप्से, साढे १० अर्बको कारोबार – Janadesh Daily | ePaper

५३ अंकले घट्यो नेप्से, साढे १० अर्बको कारोबार


काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्से ५३.६३ अंकले घटेर दुई हजार ६९५.९३ विन्दुमा पुगेको छ ।

आज बैंकिङ ३६, विकास बैंक १००, फाइनान्स १२२, हाइड्रोपावर ८२,
होटल तथा पर्यटन २१३, उत्पादन १३१, अन्य २२, जीवन बीमा १९४, माइक्रोफाइनान्स ९६, ब्यापार ७ र निर्जीवन बीमा उपसमूह १६२ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै पिपुल्स हाइड्रोपावर, माई खोला हाइड्रोपावर र थ्री स्टार हाइड्रोपावरको सेयर १० प्रतिशतले घटेको छ ।
समग्रमा बजार घटेपनि आज सुपर माई हाइड्रोपावरको सेयर भने १० प्रतिशतले बढेको छ ।

यस दिन ३३७ कम्पनीको २ करोड ६२ लाख कित्ता सेयर १० अर्ब ५१ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्