इजरायलमा नेतन्याहुविरुद्ध विशाल जनप्रदर्शन, हजारौँ मानिस सडकमा – Janadesh Daily | ePaper

इजरायलमा नेतन्याहुविरुद्ध विशाल जनप्रदर्शन, हजारौँ मानिस सडकमा


इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्ध विशाल जनप्रदर्शन भइरहेको छ । सोमबार हजारौँ मानिसहरु सडकमा उत्रिएका छन् ।

गाजामा बन्धक बनाएका ६ जनाको शव फेला परेपछि प्रदर्शन सुरु भएको हो । प्रधानमन्त्री नेतन्याहुको सरकारले बन्धकहरूको रिहाइका लागि हमाससँग सम्झौता गर्नुपर्छ भन्ने जनताको माग छ । हातमा इजरायली झण्डा बोकेर तेल अभिभ, जेरुसेलम लगायतका सहरहरूमा हजारौँ प्रदर्शनकारीहरु निस्किएका छन् ।

नेतन्याहु र उनको सरकारले बन्धकहरूको रिहाइका लागि हमाससँग सम्झौता गर्न धेरै काम नगरेको उनीहरूको आरोप छ ।
गत वर्ष अक्टोबर ७ मा इजरायलमा हमासले आक्रमण गरेपछि गाजामा सयौँ मानिसलाई बन्धक बनाइएको थियो । आइतबार शान्तिपूर्ण रूपमा आन्दोलन सुरु भएको थियो । तर, पछि भीडले पुलिस अवरोधहरू तोड्दै तेल अभिभका प्रमुख राजमार्गहरू अवरुद्ध पारेका थिए ।

इजरायलको ट्रेड युनियनले सोमबार देशव्यापी हडतालको घोषणा गरेको छ । बन्धकहरूको रिहाइका लागि सरकारले जतिसक्दो चाँडो हमाससँग सम्झौता गर्नुपर्ने उनीहरूको माग छ ।

इजरायल डिफेन्स फोर्स ९आईडीएफ०ले शनिबार दक्षिणी गाजाको रफाहमा सुरुङमा ६ वटा शव फेला पारेको बताएको थियो । शनिबार आइडीएफ उनीहरूसम्म पुग्नुअघि नै बन्धकहरूलाई मारिएको बताइएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्