अगस्तमा ८.३ प्रतिशतले बढे विदेशी पर्यटक – Janadesh Daily | ePaper

अगस्तमा ८.३ प्रतिशतले बढे विदेशी पर्यटक


काठमाडौँ । अगस्ट महिनामा ७२ हजार ७१९ जना पर्यटक नेपाल भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार अगस्टमा सबैभन्दा बढी भारतबाट २५ हजार ८३२ पर्यटक नेपाल भित्रिएका छन् । यस्तै, चीनबाट ६ हजार ६१४, अमेरिकाबाट ५ हजार ६१४, श्रीलंकाबाट चार हजार ८५१ र बंगलादेशबाट तीन हजार ७७ पर्यटक नेपाल आएका छन् ।

सन् २०२३ को अगस्ट महिनाको तुलनामा सन् २०२४ को अगस्टमा नेपाल आउने पर्यटकको संख्या ८.३ प्रतिशतले बढेको हो । सन् २०२३ को अगस्टमा कुल ६७ हजार १५३ जना पर्यटक नेपाल आएका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्