पाराओलम्पिक विजेता पलेशालाई काठमाडौं महानगरले दियो ५ लाख – Janadesh Daily | ePaper

पाराओलम्पिक विजेता पलेशालाई काठमाडौं महानगरले दियो ५ लाख


काठमाडौं । काठमाडौं महानगरपालिकाले पाराओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्द्धनलाई ५ लाख र प्रशिक्षक कविराज नेगीलाई ३ लाख रुपैयाँसहित सम्मान गरेको छ ।

महानगरका प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डंगोलले बुधबार विहान नगदसहित सम्मान गरेका हुन् ।

बुधबार बिहान ८ बजे स्वदेश फर्किएकी पलेशालाई त्रिभुवन विमानस्थलको भीआईपी कक्षबाटै उनीसहित नेपाली टोलीलाई नगर परिक्रमा गराइएको थियो ।

पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरी अन्तर्रगत महिला ५७ केजीमुनि प्रतिस्पर्धा गरेकी पलेशाले कांस्य पदक जितेकी थिइन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्