काठमाडौँ । बिहिबार सेयर बजार परिसूचक नेप्से १२.१० अंकले घटेर दुई हजार ७२७.३६ विन्दुमा पुगेको छ ।
आज बैंकिङ १०, विकास बैंक ७, फाइनान्स १९, होटल तथा पर्यटन ८, हाइड्रोपावर ३४, जीवन बीमा १०२, उत्पादन २४, निर्जीवन बीमा ६२ र अन्य उपसमूह ०.२३ अंकले घटेको छ । त्यस्तै, माइक्रोफाइनान्स ८६ र ब्यापार उपसमूह ६अंकले बढेको छ ।
आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको सेयर झण्डै ९ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज आत्मनिर्भर लघुवित्तको सेयर भने १० प्रतिशतले बढेको छ ।
यस दिन ३१६ कम्पनीको २ करोड ६५ लाख कित्ता सेयर ९ अर्ब ६५ करोडमा कारोबार भएको छ ।