टयाक्टरको ठक्करबाट बालिकाको मृत्यु, दुई बालबालिका घाइते – Janadesh Daily | ePaper

टयाक्टरको ठक्करबाट बालिकाको मृत्यु, दुई बालबालिका घाइते


महोत्तरीको गौशाला नगरपालिका- ३ इँटाटारमा टयाक्टरको ठक्करबाट नौ वर्षीया बालिकाको मृत्यु भएको छ। विद्यालय जाँदै गरेकी बालिकाको ट्याक्टरको ठक्करबाट मृत्यु भएको हो।

नम्बर नखुलेको ट्याक्टरले ठक्कर दिँदा स्थानीय रामकरण महतोकी ९ वर्षीया छोरी जिया सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। बालिकाको घटनास्थलमै मृत्यु भएको हो। ट्याक्टरको ठक्करबाट अन्य दुई बालबालिका घाइते भएका छन्।

स्थानीय जनता आधारभूत विद्यालय इँटाटारमा कक्षा ३ अध्ययनरत बालिकालाई आज बिहान विद्यालय जाँदै गर्दा ट्याक्टरले ठक्कर दिएको प्रहरीले जनाएको छ। घटनापछि ट्याक्टर चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्