काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्से २५.४६ अंकले घटेर दुई हजार ७०१.९० विन्दुमा पुगेको छ ।
आज बैंकिङ २४, विकास बैंक ११४, फाइनान्स ४२, होटल तथा पर्यटन ९८, हाइड्रोपावर २०, जीवन बीमा १९३, निर्जीवन बीमा १७६, अन्य २७ र ब्यापार उपसमूह ४६ अंकले घटेको छ । त्यस्तै, उत्पादन ३६ र माइक्रोफाइनान्स उपसमूह ६३ अंकले बढेको छ ।
आज सबैभन्दा धेरै थ्री स्टार हाइड्रोपावरको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज माहुली लघुवित्त, सिर्जनशील लघुवित्त, मिडसोलु हाइड्रोपावर र मनकामना इन्जिनियरिङ हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन ३२८ कम्पनीको २ करोड २२ लाख कित्ता सेयर १० अर्ब १२ करोडमा कारोबार भएको छ ।