रम्मा खोलाको बाढीले बगाएर दुई जनाको मृत्यु – Janadesh Daily | ePaper

रम्मा खोलाको बाढीले बगाएर दुई जनाको मृत्यु


काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिकास्थित रम्मा खोलाको बाढीले बगाएर दुई जना स्थानीयको मृत्यु भएको छ । मुसिकोट वडा नं ६ की निर्मला केसी थापा र वडा नं ७ का ५० वर्षय सर्जन पुनलाई खोलाले बगाएको छ ।

मोटरसाइकलसहित खोला तर्ने क्रममा उनीहरुलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । खोलाले उनीहरु चढेको रा ६ प २९६१ नम्बरको मोटरसाइकललाई पनि बगाएको छ । दुबै जनाको शव प्रहरीले सोमबार बिहान उनीहरु खोला तरेको ठाउँभन्दा केही तल फेला पारेको थियो ।

सर्जनको शव खोला तरेको ठाउँभन्दा २० मिटर तल भेटिएको थियो भने निर्मलाको शव ३ सय मिटर तल भेटिएको प्रहरीले जनाएको छ । दुबै जनाको शव अहिले प्रहरीले पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्