मुद्दति निक्षेपमा डेढ अर्ब रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक – Janadesh Daily | ePaper

मुद्दति निक्षेपमा डेढ अर्ब रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक


काठमाडौं । नेपाल राष्ट्र बैंकले डेढ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेपका रुपमा लगानी गर्ने भएको छ ।

राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गर्दै क, ख र ग वर्गका बैंकहरुमा उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब ५० करोड रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्ने जनाएको हो ।

सूचना अनुसार बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब २० करोड रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा २२ करोड ५० लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा ७ करोड ५० लाख रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ ।

मुद्दति निक्षेपका रुपमा लिन चाहने बैंकहरुले भदौ २६ गते साँझ ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ। यस्तो मुद्दति निक्षेप २०८१ असोज ४ गतेदेखि २०८२ असोज ४ गतेसम्म ३६६ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्