काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से ५५.८६ अंकले घटेर दुई हजार ६४६.०३ विन्दुमा पुगेको छ ।
आज बैंकिङ ३४, विकास बैंक १०१, फाइनान्स ७७, होटल तथा पर्यटन १८४, हाइड्रोपावर ८१, जीवन बीमा ३३३, निर्जीवन बीमा ३३३, अन्य ३७, ब्यापार १३, उत्पादन ९० र माइक्रोफाइनान्स उपसमूह १२२ अंकले घटेको छ ।
आज सबैभन्दा धेरै उन्नती सहकार्य लघुवित्तको सेयर ७.७८ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको सेयर झण्डै ९ प्रतिशतले बढेको छ ।
यस दिन ३२७ कम्पनीको २ करोड १० लाख कित्ता सेयर ९ अर्ब ४३ करोडमा कारोबार भएको छ ।