काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २०० रुपैयाँले बढेर १ लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला १ लाख ५२ हजार २०० रुपैयाँमा किनबेच भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर १७ सय ६५ रुपैयाँ कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ५०१.७८ डलर र चाँदी प्रतिऔंस २८.२६ डलरमा कारोबार भइरहेको छ ।