नेपाली नृत्यमा परिवर्तन आउन नसक्दा नयाँपनको खोजी – Janadesh Daily | ePaper

नेपाली नृत्यमा परिवर्तन आउन नसक्दा नयाँपनको खोजी


जनादेशडेली संबाददाता । १९ अषाढ, काठमाण्डौ ।नृत्य निर्देशनमा व्यस्त रहने अजय स्याङ्तान एक दिन तीनवटासम्म भिडियो निर्देशन गरेको स्मरण सुनाउँछन्। ‘भोजपुरी तथा अन्य भाषाका तीनवटासम्म भिडियो एक दिनमा निर्देशन गरेको छु। झन्डै तीन महिनाको पट्यारलाग्दो बसाइपछि सरकारले लकडाउन केही खुकुलो पारेका कारण फेरि आफ्नो कर्ममा फर्कन पाएकोमा खुसी लागेको छ’, उनले सुनाए।

कोरस डान्सर हुँदै दुई दर्जनभन्दा बढी चलचित्रमा सहायक नृत्य निर्देशन गरेका अजय २०६२ सालदेखि भने ‘फुल कोरियोग्राफर’ बने। कोरस डान्स र सहायक नृत्य निर्देशन गर्दाको अनुभव सँगालेर पहिलोपटक भोजपुरी फिल्ममा नृत्य निर्देशन थालेका उनले त्यसपछि एक सयभन्दा बढी विभिन्न भाषाका चलचित्रमा कोरियोग्राफी गरिसकेका छन्। चलचित्र क्षेत्रमा आफ्ना मान्छे नभए पनि संघर्ष गर्दै जाँदा आफैं बाटो बन्दै गएको बताउने अजयले दुई दर्जनभन्दा बढी विभिन्न भाषाका गीतको म्युजिक भिडियो र पाँच सयभन्दा बढी म्युजिक भिडियो निर्देशन गरिसकेका छन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्