सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सेल्फ क्वारेन्टिनमा – Janadesh Daily | ePaper

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सेल्फ क्वारेन्टिनमा


सुदूरपश्चिम:

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट धनगढीस्थित आफ्नै निवासमा ‘सेल्फ क्वारेन्टिन’मा बस्नुभएको छ ।

मुख्यमन्त्री निवासका चालकमा आज कोरोना सङ्क्रमणको पुष्टि भएपछि उहाँ सेल्फ क्वारेन्टिनमा बस्नुभएको हो । ‘‘सेल्फ क्वारेन्टिनमा बस्नु परेपछि उहाँले भेटघाट बन्द गर्नु भएको छ”, मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले भन्नुभयो, “हामी सबै सेल्फ क्वारेन्टिनमा छौं ।”

केही दिन अघि मुख्यमन्त्री भट्ट परिवारका सदस्यसहित गृह जिल्ला डोटी पुग्नुभएको थियो । त्यहाँ उहाँले कोरोना परीक्षण गर्ने पिसिआर मेसिनको उद्घाटन गर्नुभएको थियो ।

डोटी भ्रमणकै क्रममा उहाँका चालकमा सङ्क्रमण भएको आशङ्का गरिएको छ । चालकमा कोरोना सङ्क्रमण देखिएपछि चालकको सम्पर्कमा आएका मुख्यमन्त्रीसहित सबैको नमूना लिने तयारी गरिएको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्