जिफानद्वारा तमु लघु चलचित्र बनाउने तयारी – Janadesh Daily | ePaper

जिफानद्वारा तमु लघु चलचित्र बनाउने तयारी


जनादेशडेली संबाददाता ।

१९ अषाढ, काठमाण्डौ ।गुरुङ फिल्म एशोसियसन नेपाल(जिफान)ले चलचित्र निर्माण गर्ने जनाएको छ । गुरुङ चलचित्र क्षेत्रलाई चलायमान बनाउन तमु लघु चलचित्र निर्माण गर्ने घोषणा गरेका हुन् ।

जिफानका अध्यक्ष भोजबहादुर गुरुङ र महासचिव मनोज गुरुङले लघु चलचित्र निर्माणको पहल शुरुवात गरेको भन्दै व्यक्ति व्यक्तित्व र संघसंस्थालाई आर्थिक सहयोगको निम्ति आग्रह गरेका छन् । तमु (गुरुङ) लघु चलचित्र निर्माणले गुरुङ समुदायको सभ्यता, सौन्दर्य शास्त्र, मुर्त अमुर्त सँस्कृति, आफ्नै प्रथाजानिक कानुन, मुल्य, मान्यता र मनोविज्ञानलाई चित्रण गर्दै तमु(गुरुङ) संघ संस्थाहरूको मर्मलाई प्रस्तुत गरिने, गुरुङ श्रमजिवी चलचित्रकर्मीहरूलाई कोरोनाको कारणले दैनिकी जीविकोपार्जनमा समस्या परेकाहरूलाई लघु चलचित्र निर्माणको माध्यमबाट सक्रिय गराई सहजीकरण गर्ने विश्वास लिईएको छ

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्