जनादेश, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको एक गैरसरकारी संस्थाका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
केही दिन अघि फेला परेका ४ जना संक्रमितको कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाव परिक्षण गर्दा थप ३ जना पूरुषमा संक्रमण पुष्टि भएको हो । संक्रमित तिनै जना चौतारा बजारमा रहेको एक गैरसरकारी संस्थामा कार्यरत थिए । ३ जनामा संक्रमण देखिएसँगै जिल्लामा थप कडाई गरिएको छ ।