जनादेश, काठमाण्डौ ।
काठमाण्डौ उपत्यकामा कोरोना भाइरसको संकमर्ण दिनहुँ दिन बढदै गए पछि अत्यावयक बाहेकाका सबै सेवा बन्द गरिएकोछ ।
उपत्यका नगरपालिका फोरमले स्थानीय तह र वडा कार्यालयले दिने अत्यावश्यक बाहेकका सेवा भदौ १५ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।
उपत्याकामा कोरोनाको महामारी फैलिँदै गएकाले भदौ १५ गतेसम्म सेवा बन्द गर्नस निर्णय भएको फोरमका अध्यक्ष समेत रहेका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताएकाछन् ।