चन्द्रप्रकाश नेपाली,
घोराही । दाङमा रासायनिक मलको मूल्यमा कालो बजारी गरेको अभियोगमा तीन जना पक्राउ परेको छ ।
गढवा गाउँपालिका वडा नम्बर ५ निवासी सुनिल पोख्रेल, वडा नम्बर७ निवासी राजकुमार गुप्ता र सोही ठाउँका युवराज पाण्डेलाई तोकिएको भन्दा बढी मूल्यमा बिक्रि गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
७ सय २१ रुपैयाँ प्रति बोरा पर्ने यूरिया मललाई प्रति बोरा दुई हजार ४ सय रुपैयाँमा विक्रि गरेको अभियोगमा उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय गढवा र जिल्ला प्रशासन कार्यालयको संयुक्त अनुगमन टोलीले पसलको अनुगमन गर्दा उपभोक्तालाई ठगी गरेको पत्ता लागेको हो ।
कालोबजारी गर्ने तीनै जनालाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ बमोजिम म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले जानकारी दिनुभयो ।