जनादेश, घोराही ।
कोरोना संक्रमणको जोखिमका कारण रक्तदाताहरु नै नहुदा दाङमा अहिले रगतको अभाब भएको छ ।
रक्त सञ्चार केन्द्र दाङका अनुसार पछिल्लो समय रगतको माग बढ्दै गएको तर रक्तदान गर्नेको संख्या न्यून हुदा अभाब भएको हो ।
जनादेश संवाददातासंग कुरा गर्दै केन्द्रका इन्चार्ज दिलिप न्यौपानेले कोरोना संक्रमणका कारण रक्तदाता नआउदा र डायिलाईसिस गर्नेहरु बढेकाले रगतको अभाब भएको बताउनुभयो ।