दक्षिण कोरियामा कोभिड १९ का सङ्क्रमित बढ्न थाले – Janadesh Daily | ePaper

दक्षिण कोरियामा कोभिड १९ का सङ्क्रमित बढ्न थाले


सोल,

दक्षिण कोरियामा कोरोना (कोभिड–१९) का सङ्क्रमित पछिल्लो समयमा बढेको देखिएको छ । यहाँ सङ्क्रमित हुनेहरुको संख्या पछिल्ला हप्ताहरुमा बढ्दै गएको देखिएको समाचारमा जनाइएको छ ।

यसैबीच बिहीबार प्राप्त समाचरमा यहाँ कोरोनाका थप ४४१ जना भेटिएको बताइएको छ । यो केही महिना यतादेखिकै सबैभन्दा बढी संख्या भएको बताइएको छ ।

यहाँको स्वस्थ्य मन्त्रालयले यो संख्या गएको मार्च ७ तारिख पछि एकै दिन देखिएको यो सबैभन्दा बढी संख्या भएको बताएको छ ।

यहाँ बिहीबार सम्ममा सङ्क्रमितहरुको संख्या १६ हजार नाघेको बताइएको छ । प्राप्त समाचारमा यो संख्या १८ हजार ६०० जना पुगेको बताइएको छ । यहाँ पछिल्लो हप्ता हरेक दिन कम्तिमा पनि १०० जनाभन्दा बढीको संक्रमित थपिएका छन् ।

उनीहरुमध्ये अधिकांश समुदायमै भेटिएका हुन् भने थोरै मात्र विदेशबाट आएका व्यक्तिमा पाइएको पनि सो समाचारमा जनाइएको छ । बिहीबारसम्म कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको संख्या ३१३ पुगेको पनि बताइएको छ ।

यहाँका सङ्क्रमितहरु बढीजसो चर्चमा गएका व्यक्तिहरु भएको बताइएको छ । तर पछिल्लो समयमा विदेशबाट आएका र समुदायमा भेटिएका व्यक्ति बढी पाइएको छ । रासस/एएनआई

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्