कोरोना सङ्क्रमणकाबाट दुईको मृत्यु – Janadesh Daily | ePaper

कोरोना सङ्क्रमणकाबाट दुईको मृत्यु


चितवन,

जिल्लामा कोरोना सङ्क्रमणबाट दुईको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका –२ क्षेत्रपुरका ५१ वर्षीय पुरुष र हेटौडा उपमहानगरपालिका १९ का ७१ वर्षीया महिला रहेको बताइएको छ ।

ती पुरुष यही भदौ पाँच गते श्वासप्रश्वासमा समस्या भइ पुष्पाञ्जली अस्पतालमा भर्ना भएका थिए । उनलाई भदौ आठ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनको आज बिहान १० वजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालको कोभिड –१९ स्रोत व्यक्ति फिजिसन चिकित्सक सन्दिप पाण्डेका अनुसार उनको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो । दुवै फोक्सोमा गम्भिर निमोनिया देखिएर भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्