आजको सनिबारः वरिष्ठ कवि एवं समालोचक डा. अमर गिरीसंग – Janadesh Daily | ePaper

आजको सनिबारः वरिष्ठ कवि एवं समालोचक डा. अमर गिरीसंग


श्रष्टा परिचयः

वरिष्ठ कवि एवं समालोचक अमर गिरी चार दशकभन्दा लामाे समयदेखि साहित्यका क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।अाजभन्दा ६० वर्ष अघि दाङमा जन्मनु भएका गिरीका कविता एवं समालोचनाका एक दर्जन कृतिहरू प्रकाशित छन्।

उहाँले अाधा दर्जन कृतिहरूकाे सम्पादन पनि गर्नुभएकाे छ । प्रगतिशील लेखक सङ्घ,नेपालकाे केन्द्रीय अध्यक्ष , चलचित्र विकास बाेर्ड, नेपालकाे कार्यकारी अध्यक्ष एवं नेपाल प्रज्ञा- प्रतिष्ठान प्राज्ञ परिषद् सदस्य तथा काव्य विभागकाे प्रमुखको रूपमा जिम्मेवारी निर्वाह गरिसक्नुभएका गिरीले त्रिविबाट कवितामा विद्यावारिधि गर्नुभएकाे छ ।

हाल प्रगतिशील लेखक सङ्घकाे केन्द्रीय सल्लाहकार तथा अनुसन्धानमूलक साहित्यिक जर्नल भृकुटीका अतिथि सम्पादक हुनुहुन्छ ।गिरी लामाे समयदेखि पत्रकारिता र राजनीतिमा पनि सक्रिय रहँदै अाउनुभएकाे छ । प्रस्तुत छन् उहाँका दुई छाेटा कविताहरू:

बाटाे

सुन्दर समुद्रको किनारामा पुगिनेछ वा मरुभूमिकाे तातो बालुवामा
हरिया घाँसका
नरम र मनमाेहक फाँटहरूमा पुगिनेछ वा
भयानक जङ्गलहरूका बिचमा ।
परिवर्तन पर्खिरहेका
मजदुरहरूका झुपडीसम्म पुगिनेछ वा तस्करहरूकाे
वातानुकूलित महलसम्म
रचिनेछ स्वर्णिम इतिहास वा
अँध्यारोका निम्ति
गरिनेछ मार्ग प्रशस्त
एक नयाँ सूर्य उदाउनेछ यस धरामा
वा दिनहरू बन्दै जानेछन्
अझ कष्टपूर्ण ।
यसकाे निर्धारण
अरूले हाेइन
हिड्ने बाटोले गर्छ
नितान्त हिड्ने बाटोले ।

सहस्र कविता

बिहानकाे खुला अाकास
खुला अाकासमा
सुदूर क्षितिजतिर
उडिरहेका पन्छीहरू
लाग्छ पन्छीहरू हाेइन
अाफ्नाे समस्त साैन्दर्यसहित
उडिरहेछन्
सहस्र कविताहरू ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्