प्रदेश संयोजक मनोनयन – Janadesh Daily | ePaper

प्रदेश संयोजक मनोनयन


काठमाडौँ ।

नेपाल महिला सङ्घका संस्थापक अध्यक्ष मङ्गलादेवी सिंहका सम्झनामा स्थापित ‘मङ्गलादेवी स्मृति प्रतिष्ठान’ले सात वटै प्रदेशका संयोजक चयन गरेको छ ।

प्रतिष्ठानको शुक्रबार सम्पन्न बैठकले प्रदेश १ मा सुनसरीकी विजया कटुवाल, प्रदेश २ मा सिरहाकी सङ्गीता कर्माचार्य, वाग्मती प्रदेशमा चितवनकी तारा गुरुङ, गण्डकी प्रदेशमा कास्कीकी सन्ध्या पोखरेल, प्रदेश ५ मा दाङकी गिरिजा न्यौपाने, कर्णाली प्रदेशमा सुर्खेतकी जानकी सिंह र सुदूरपश्चिम प्रदेशमा बझाङकी शान्ति बोहोरा पुजारालाई चयन गरेको छ ।

महिला उत्थान र सशक्तीकरणका लागि सिंहले खेलेको भूमिकालाई संस्थागत गर्दै समानता र समतामूलक समाज निर्माण गरी महिलालाई राजनीतिक तथा आर्थिक सशक्तीकरण गर्ने उद्देश्यले प्रदेशमा संयोजक मनोनयन गरिएको प्रतिष्ठानका अध्यक्ष गङ्गालक्ष्मी अवालले जानकारी दिए।

विसं २०७४ मा स्थापना भएको उक्त प्रतिष्ठानले महिला अधिकारलाई संस्थागत गर्न, जनचेतना कार्यक्रम, कानूनी साक्षरता र महिला वर्गलाई आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ ।

प्रतिष्ठानले मनोनीत संयोजकलाई संस्थानको विधान र मूल्य–मान्यताभित्र रही भूमिका निर्वाह गर्न आग्रह गरेको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्