गोदावरी ।
कैलाली जानकी गाउँपालिका–९ खैरीफाँटाकी १७ वर्षीय युवतीलाई सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जानकी–९ खैरीफाँटाका दीपक कडारा, लोकेश रावत, शंकर विश्वकर्मा र कुमार कडारा रहेका इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।
उहाँले पीडित युवतीले दिएको किटानी जाहेरीका आधारमा उनीहरुलाई आइतबार पक्राउ गरेको बताउनुभयो ।