जनादेश, काठमाडौँ ।
कोरोना संक्रमणका कारण देशभर आज थप १४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार मृत्इु हुनेमा ४ महिला र १० पुरुष रहेका छन् । मृतक सुनसरी, बारा, महोत्तरी र काठमाडौँका क्रमश ७४, ४७, ६२ र ७२ वर्षीया महिला रहेका छन् ।
यस्तै, सुनसरीका ६० वर्षीय पुरुष, मोरङका ६२ वर्षीय पुरुष, महोत्तरीका ७० र ३५ वर्षीय दुई पुरुष, ललितपुरका २९ वर्षीय पुरुष, भक्तपुरका ६५ वर्षीय पुरुष, नवलपरासीका ६२ वर्षीय पुरुष र रुपन्देहीका ५७ र ६७ वर्षीय दुई पुरुष र रौतहटका ३० वर्षीय पुरुषको मृत्यु भएको गौतमले जनाए ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय २१ पुगेको छ ।