ज्येष्ठ नागरिक, बालबालिका र दीर्घरोगीलाई सङ्क्रमणबाट जोगाउन गाह्रो – Janadesh Daily | ePaper

ज्येष्ठ नागरिक, बालबालिका र दीर्घरोगीलाई सङ्क्रमणबाट जोगाउन गाह्रो


जनादेश, काठमाण्डौ ।

सरकारले कोरोना सङ्क्रमण समुदायमा व्यापक रुपमा फैलि नसकेको बताउँदै आएको छ ।

तर कोरोनाको सङ्क्रमण व्यापक रुपमा समुदायमा फैलिने अवस्थामा वृद्धवृद्धा, बालबालिका तथा सुत्केरीरगर्भवती लगायत जोखिम समूह अझै प्रभावित हुने देखिएको छ ।

युवामा सङ्क्रमण बढ्दै जानु र सङ्क्रमितमध्ये जोखिम समूह जस्तै ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका तथा सुत्केरी र गर्भवतीको ज्यान जानुले जोखिम झन बढाएको छ ।

अहिले बालबालिका, वृद्धवृद्धामा पनि कोरोना सङ्क्रमण देखिन थालेको रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर बासुदेव पाण्डेले बताउनु भयो ।

बढी जोखिम हुने यो समूहमा सङ्क्रमण फैलियो भने मृत्युदर पनि बढ्ने उहाले बताउनु भयो ।

परिवारमा वृद्धवृद्धा, बालबालिका तथा गर्भवती र सुत्केरी भएको अवस्थामा बढी जोखिम हुन्छ । रोग प्रतिरोधात्मक क्षमता कम भएका र बुढापाकालाई सङ्क्रमणबाट जोगाउनु अबको मुख्य चुनौती भएको उहाले बताउनुभयो ।

कोरोना एक व्यक्तिबाट अर्कोमा सर्ने भएका कारण घरमा बस्दा जोखिमयुक्त समूह सकेसम्म छुट्टै बस्नुपर्ने उहाँको सुझाव छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्