विप्लव समूहका आठ कार्यकर्ता पक्राउ – Janadesh Daily | ePaper

विप्लव समूहका आठ कार्यकर्ता पक्राउ


जनादेश, काठमाण्डौ ।

विद्यालयका एक जना शिक्षक अपहरणमा संलग्न रहेको भन्दै प्रहरीले नेत्रविक्रम चन्द विप्लव समूहका आठ जना कार्यकर्तालाई सिन्धुलीमा पक्राउ गरेको छ ।

सिन्तीधुलीको पाटन गाउँपालिका–८ तिल्पुङ्गडाँडाको भीमसेन आधारभूत विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद भण्डारीलाई विद्यालयबाटै अपहरण गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ परेकामध्ये ७ जना पुरुषलाई फिक्कल गाउँपालिका १ महादेवडाँडाबाट र एक जना महिलालाई तीनपाटन गाउँपालिका ८ लायोगाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

पक्राउ परेका उनीहरुको साथबाट पाँच थान सुतली बम, दुई वटा सकेट बम र आठ थान बम बनाउन प्रयोग गरिने सकेट बरामद गरिएको छ पक्राउ परेकाहरुको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । प्रधानाध्यापक भण्डारी भने लायोगाउँबाटै अपहरणमुक्त भएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्