केन्द्रीय कारागार: मृत्यु भएका तीन कैदीमध्ये एकमा कोरोना पुष्टि – Janadesh Daily | ePaper

केन्द्रीय कारागार: मृत्यु भएका तीन कैदीमध्ये एकमा कोरोना पुष्टि


जनादेश, काठमाडौँ ।

केन्द्रीय कारागारका तीन कैदीको मृत्यु भएको छ । उपचारका क्रममा मृत्यु भएका तीनमध्ये एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मेगा अस्पतालमा मृत्यु भएका एक ४० वर्षिय कैदीमा कोरोना पुष्टि भएको हो । अन्य दुई जनाको भने उपचारकै क्रममा वीर अस्पतालमा मृत्यु भएको हो । मृतक अन्य दुईमध्ये एक जनाको ५ भदौमा भएको परीक्षणमा नेगेटिभ रिपोर्ट आएको थियो । अर्का मृतकको रिपोर्ट भने आउन बाँकी नै छ ।

यस अघि केन्द्रीय कारागारका ५२ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्