चन्द्रप्रकाश नेपाली ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा थप २ जना सहित ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पताल बाँकेमा गरिएको पीसीआर परीक्षणमा एक जना स्टाप नर्स र एक जना कार्यालय सहयोगीमा कोरोना संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी डिल्ली केसीले जानकारी दिए ।
त्यसैगरी संक्रमितको सम्पर्कका आधारमा घोराहीका ४२ बर्षका पुरुष र तुलसीपुर५ का २ जना महिलामा पनि कोरोना देखिएको छ ।
भदौ १३ गते २ जना डाक्टर सहित ९ जनामा कोरोना देखिएपछि १४ गते २ सय ५० जनाको स्वाब संकलन गरिएको थियो ।