नेकपा सचिवालय बैठकः गृहकार्य नपुगेको भन्दै समय तालिका परिवर्तन – Janadesh Daily | ePaper

नेकपा सचिवालय बैठकः गृहकार्य नपुगेको भन्दै समय तालिका परिवर्तन


जनादेश, काठमाडौं ।
आज (विहीबार) विहान ११ बजेका लागि बोलाइएको नेकपा केन्द्रीय सचिवालयको बैठक समय परिवर्तन भएको छ । गृहकार्य नपुगेको भन्दै बैठक दिउसो ३ बजेका लागि सारिएको नेकपाले जनाएको छ ।

उपाध्यक्ष बामदेव गौतमले राष्ट्रियसभामा जाने इच्छा देखाएपछि नेकपामा नयाँ किचलो थपिएको छ । त्यसैगरी नेकपा विवाद मिलाउन गठित कार्यदलले दिएको प्रतिवेदनमाथि पनि सचिवालयमा छलफल गर्ने तालिका छ ।

प्रतिवेदनको मर्म विस्तार गर्न कार्यदलका सदस्यहरु पनि आजको सचिवालय बैठकमा बोलाइने बुझिएको छ ।

 

कार्यदलका संयोजक विष्णु पौडेल सचिवालय सदस्य भएकाले अन्य नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, शंकर पोखरेल र पम्फा भुसाललाई पनि बैठकमा राखेर छलफल गरिने बालुवाटार श्रोतको भनाई छ । पार्टी विवाद उत्कर्षमा पुगेपछि गत साउन ३० गते दुई अध्यक्षको सहमतिमा समाधान कार्यदल गठन गरिएको थियो।

कार्यदलले दिएको प्रतिवेदन कार्यान्वयनबारे नेकपाभित्रै चासो बढिरहेको छ ।

यो पनि पढ्नुस् – 

बालुवाटारमा तेश्रो विकल्प खोजीः विष्णु पौडेल बन्न सक्छन् अर्थमन्त्री 

बामदेवको सिंहदरबार आकाँक्षाः बुधबार बालुवाटारदेखि खुमलटारसम्म के के भयो 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्