बागलुङ पहिरोः गृहमन्त्री थापा घटनास्थलतर्फ – Janadesh Daily | ePaper

बागलुङ पहिरोः गृहमन्त्री थापा घटनास्थलतर्फ


जनादेश बागलुङ ।
गृहमन्त्री राम बहादुर थापा बागलुङ प्रस्थान गरेका छन् ।

बागलुङको ढोरपाटन नगरपालिकास्थित भुजीखोलामा गएराति आएको बाढी पहिरोले जनधनको विनाश गरेपछि गृहमन्त्री घटनास्थलको अवलोकन र पीडित परिवारसँग भेट्न जिल्ला गएका हुन् ।

थापाको सचिवालयले गृहमन्त्री हेलिकोप्टरमा बागलुङ प्रस्थान गरेको पुष्टि गरेको छ । त्यहाँ बाढीपहिरोले अहिलेसम्म १० जनाको मृत्यु भएको छ भने थप ४१ जना बेपत्ता भएका छन् ।

मृत्यु हुनेमा ४ पुरुष, १ बालिका, ५ जना महिला गरी १० अहिलेसम्म जनाको शव फेला परेको छ।

मृतक मध्ये ढोरपाटन ९ की २८ वर्षीया केसमाया विकको मात्र सनाखत भएको छ। बुधबार राति करिब १२ बजे भूजीखोलामा आएको बाढीले ढोरपाटन वडा नम्बर ५, ६, ७, ८ र ९ का ३० घर बगाएको ढोरपाटनका स्थानीय जीवन पुनले जानकारी दिएका छन् ।

बाढीले सडक छेउमा पार्किङमा राखेको जीप, दुई वटा विद्युत गृह, एक वटा झोलुङ्ले पुल, दुई वटा विद्यालय भवनसमेत बगाएको छ । ढोरपाटन नगरपालका ९ को लाँकुरीबोट १५ घर, दुनेपँधेरामा ५ घर, घट्टबोटमा ८ घर र सुप्राङ २ घर बगाएको छ भने सरस्वति आधारभुत विद्यालय र जनचेतना प्राथमिक विद्यालयसमेत बाढीले बगाएको छ ।

अहिले घटनास्थलमा प्रहरी पुगेर स्थानीयको सहयोगमा उद्धार थालेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए । अहिले थप सुरक्षाकर्मीसहित घाइतेहरुको उद्धार, बेपत्ता भएकाहरुको खोजी सुरु गरिसकेको प्रहरी नायब उपरीक्षक रेग्मीले बताए ।।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्