हेलिकोप्टर अवतरण गर्न नसकेपछि गृहमन्त्री थापा बागलुङ नपुगी काठमाडौं फिर्ता – Janadesh Daily | ePaper

 हेलिकोप्टर अवतरण गर्न नसकेपछि गृहमन्त्री थापा बागलुङ नपुगी काठमाडौं फिर्ता


जनादेश बागलुङ ।

पहिरोको स्थलगत निरीक्षण र क्षतिको अवस्था बुझ्न बागलुङ प्रस्थान गरेका गृहमन्त्री रामबहादुर थापा घटनास्थल नपुगी काठमाडौं फर्किएका छन् । खराब मौसमले हेलिकोप्टर अवतरण गर्न नसकेपछि गृहमन्त्रीको टोली पोखराबाटै काठमाडौं फर्किएको हो ।

यसैबीच बागलुङ ढोरपाटन नगरपालिकाको भुजीखोलामा गएराति आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ११ पुगेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार ३० जना भन्दा बढी बेपत्ता भएका छन् । उद्धारमा खटिएको प्रहरी र नेपाली सेनाको टोलीका अनुसार बेपत्ता हुनेको संख्या अझै बढि हुन सक्ने बताएका छन ।

बुधबार मध्यरातमा भूजीखोलामा आएको बाढीले ढोरपाटन -५, ६, ७, ८ र ९ का ३१ बढी घर बगाएको छ ।

 

मृतकमध्ये चार जना पुरुष र एक बालिकासहित ७ जना महिला छन् । नेपाली सेनाको टोली पुगेर घटनास्थलमा उद्धार कार्य शुरु गरेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिनुभयो । अन्य गाउँमा पनि प्रहरी र स्थानीय मिलेर खोजी तथा उद्धार कार्य जारी भइरहेको जनाइएको छ ।

 

बाढीका कारण धेरै ठाउँमा सवारी अवरुद्ध भएपनि सबै क्षेत्रमा नेपाल प्रहरी, नेपाली सेना परिचालन गरेर खोज उद्धार कार्य अघि बढाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बाढीले सडक छेउमा पार्किङ गरेका जीप, २ वटा विद्युत गृह, स्वास्थ्य चौकी भवन, एक वटा झोलुङ्ले पुल, ढोरपाटन ९ को सरस्वति आधारभुत विद्यालय र जनचेतना प्राथमिक विद्यालय भवनसमेत बगाएको छ ।

 

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्