सभापति देउवाद्वारा दुःख व्यक्त – Janadesh Daily | ePaper

सभापति देउवाद्वारा दुःख व्यक्त


जनादेश, काठमाण्डौ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बाग्लुङको ढोरपाटन नगरपालिकामा बुधबार राति गएको बाढीपहिराबाट १४ जनाको मृत्यु, तीन दर्जनभन्दा बढी व्यक्ति सम्पर्कविहीन र कतिपय व्यक्तिहरु घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले आज एक प्रेस विज्ञप्तिमार्फत सम्पूर्ण पीडितको संवेदनशीलताप्रति काँग्रेस पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट सहानुभूति प्रकट गर्नुभएको छ ।

सभापति देउवाले पहिरामा परी जीवन गुमाउनुभएका सम्पूर्णमा श्रद्धाञ्जलि अर्पण र शोक सन्तप्त परिवारजनजनमा समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नु भएको छ ।

उहाँले सम्पर्कविहीन हुन पुगेकाको खोजी कार्यलाई तीव्र पार्न, पीडित परिवारलाई राहत उपलब्ध गराउन र घाइतेलाई तत्काल स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्