शिशुवा अस्पतालमा शल्यक्रियामार्फत प्रसूति सेवा – Janadesh Daily | ePaper

शिशुवा अस्पतालमा शल्यक्रियामार्फत प्रसूति सेवा


गण्डकी ।


पोखरा महानगरपालिकाअन्र्तगत लेखनाथस्थित शिशुवा अस्पतालमा बिहीबार पहिलोपटक शल्यक्रियामार्फत प्रसूति सेवा उपलब्ध गराइएको छ ।

शिशुवा अस्पतालका प्रसुती रोग विशेषज्ञ डा रुपेशसिंह बस्नेत नेतृत्वको चिकित्सक टोलीले एक महिलाको सफल शल्यक्रिया गरेको हो ।

बारा जिल्लाको कोहल्बी नगरपालिका—८, नयाँबस्ती घर भै पोखराको शिशुवामा बस्दै आएकी एक युवतीको सफल शल्यक्रिया गरी प्रसुती गराइएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रतीभा कोइरालाले जानकारी दिएकाछन् ।

अस्पतालबाट यसअघि सामान्य सुत्केरी सेवा उपलब्ध हुँदै आएकामा अबदेखि शल्यक्रियामार्फत पनि प्रसुती सेवा शुरु भएको उहाँको भनाइ छ ।

लेखनाथ क्षेत्रका महिलालाई शल्यक्रियामार्फत प्रसुती गराउन पोखरासम्मै जानुपर्ने बाध्यता हटेको छ । तत्कालीन स्वास्थ्यमन्त्री खगराज अधिकारीको पहलमा प्रसुती सेवाका लागि आवश्यक पूर्वाधार तयार भएको थियो भने पोखरा महानगरपालिकाको पनि केही सहयोग गरेको थियो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्