जनादेश, काठमाडौँ ।
ग्याङफाइटपछि स्वयंम्भूस्थित मनमोहन मेमोरियल अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका घाइते युवकलाई खोज्दै अस्पताल आइपुगेको एक समूहले उपचाररत युवकमाथि आक्रमण गरेको छ ।
झगडा छुट्टाउन खोजेका डिउटीमा खटिएका चिकित्सक, नर्स तथा अन्य स्टाफमाथि समेत कुटपिट भएको अस्पतालले जनाएको छ । रानीवन र वनस्थली ढुंगे धाराका टोले डनबीच झगडा भएको जनाइएको छ ।
सो भिडन्तका कारण अस्पतालमा १४ लाख बढीको मेडिकल सामग्रीमा क्षति पुगेको छ ।
भिडिओ