प्रदेश ५ का ९ जिल्लामा १ सय ३८ जनामा संक्रमण – Janadesh Daily | ePaper

प्रदेश ५ का ९ जिल्लामा १ सय ३८ जनामा संक्रमण


चन्द्रप्रकाश नेपाली ।

प्रदेश ५ मा आज १ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका १२ जिल्लामध्ये ९ जिल्लाका १ सय ३८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रदेशमा आज सबैभन्दा धेरै बाँकेमा ४८ जनामा कोरोनाको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै बाँकेपछि रुपन्देहीमा ४४, बर्दियामा १४, नवलपरासी ९, दाङ र कपिलबस्तुमा ७÷७, गुल्मीमा २ र रुकुम पर्वमा १ जनामा संक्रणम देखिएको छ ।

प्रदेशमा सक्रिय संक्रमितको संख्या १ हजार ६ सय ७५ रहेको मन्त्रालयले जनाएको छ । प्रदेशमा संस्थागत आईशोलेशनमा १ हजार २ सय ५६ र होम आईशोलेशनमा ४ सय १९ गरी १ हजार ६ सय ७५ संक्रमित उपचाररत रहेकाछन् ।

अहिले प्रदेशमा २० जना संक्रमितको आईशियु र ४ जनाको भेन्टिलेटरमा उपचार भैरहेको मन्त्रालयले जनाएको छ ।

यस्तै प्रदेश ५ मा अहिलेसम्म ५ हजार २ सय ७६ जना कोरोना मुक्त भएका छन् । प्रदेश ५ का बिभिन्न जिल्लामा क्वारेनटाईनमा ८ सय ७७ जना रहेको जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्