नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार नाघ्यो, २ सय ८० को मृत्यु – Janadesh Daily | ePaper

नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार नाघ्यो, २ सय ८० को मृत्यु


जनादेश, काठमाडौं ।

नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४५ हजार नाघेको छ । गत चौबीस घण्टामा १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कुल संक्रमित संख्या ४५ हजार नाघेको हो ।

स्वास्थ्य मन्त्रालयको नियमीत प्रेस ब्रिफिङमा दिइएको जानकारी अनुसार २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ४ सय ७३ नमूना परीक्षणमा १ हजार ४१ जनामा संक्रमण पुष्टि भएको छ । गत चौबीस घण्टामा काठमाडौं उपत्यकामा मात्र ४ सय ८ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ३२६, ललितपुरमा ३७ र भक्तपुरमा ४५ संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४५ हजार २ सय ७७ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै गत चौबीस घण्टामा नेपालमा कोरोना संक्रमणका कारण थप ९ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ सय ८० पुगेको छ ।

कोरोना संक्रमण मुक्त हुनेको संख्या पनि उल्लेखनीय छ । विभिन्न अस्पतालमा उपचारतमध्ये थप १ हजार ५ सय ६६ जना आज कोरोना मुक्त भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना जित्नेको संख्या २७ हजार १ सय २७ पुगेको छ । यो संक्रमित संख्याको तुलनामा ६० प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।

मन्त्रालयका अनुसार देशभर क्वारेन्टिनमा ६ हजार ५सय ६१जना रहेका छन् भने होम आइसोलेसनमा ८ हजार ४ जना रहेका छन् । विभिन्न अस्पतालमा आसियुमा उपचारत १ सय ६७ जना र भेन्टिलेटरमा राखेर २४ जनाको उपचार भैरहेको मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमित संख्या १७ हजार ८ सय ७० जना रहेको मन्त्रालयले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्