कोरोना कहरमा रक्तदान – Janadesh Daily | ePaper

कोरोना कहरमा रक्तदान


काठमाडौँ ।


बढ्दो कोरोना सङ्क्रमणका कारण देशभर रगत अभाव भइरहेका बेला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । लायन्स क्लब अफ काठमाडौँ समर्पणको आयोजना तथा सलफाट सामुदायिक विकास केन्द्रको सहयोगमा आज बाफलमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । सो अवसरमा ३० भन्दा बढी व्यक्तिले रक्तदान गरेको क्लवका अध्यक्ष दिपक वंशलले जानकारी दिनुभयो ।

पछिल्लो समय काठमाडौँ उपत्यकालगायत देशभर रगत अभाव भइरहेका बेला नेपाल रेडक्रस सोसाइटीले रक्तदान गर्न आम नागरिकलाई आह्वानसमेत गरेको छ । क्लवका सदस्य विवेक शर्माले रगतको अभावबाट कोही व्यक्तिले पनि मृत्युवरण गर्न नपरोस् भनेर रक्तदान कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

एक महिना पहिले उक्त क्लवले सानेपामा ‘अक्सिजन बैँक’ स्थापना गरेको थियो । २०० सिलिण्डरसहित ‘अक्सिजन बैँक’ स्थापना गरेको क्लवले अक्सिजनको कमीले श्वासप्रश्वासमा समस्या परेका गरिब व्यक्तिलाई निःशुल्क अक्सिजन सिलिण्डर सहयोग गरेको थियो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्