बाढीपीडितलाई एकीकृत घर बनाउँछौँ: मुख्यमन्त्री गुरुङ – Janadesh Daily | ePaper

बाढीपीडितलाई एकीकृत घर बनाउँछौँ: मुख्यमन्त्री गुरुङ


जनादेश संवाददाता, गलकोट।

यही भदौ १७ गते राति आएको बाढीले उजाड बनाएको ढोरपाटन नगरपालिकाको बोबाङ गाउँको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थलगत निरीक्षण गर्नुभएको छ ।

राहत सामग्रीसहित बाढीग्रस्त क्षेत्र ढोरपाटन नगरपालिका–९ बोबाङ पुग्नुभएका मुख्यमन्त्री गुरुङले बाढी पीडितका साथमा प्रदेश सरकार रहेको बताउँदै घरविहीनहरुलाई एकीकृत बस्ती निर्माण गर्ने गरी प्रदेश सरकार अगाडि बढ्ने बताउनुभयो ।

बाढी पीडितको समस्या सुन्दै मुख्यमन्त्री गुरुङले पीडित परिवारले चाहे अनुसारको घर निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

गुरुङले नगरपालिकाले जग्गा व्यवस्थापन गरे सङ्घ र प्रदेश मिलेर एकीकृत बस्ती बसाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले क्षति पुगेको विद्यालय, जलविद्युत् आयोजना, स्वास्थ्य एकाइ तथा सडक निर्माणमा जिल्लामा हालै स्थापना गरेको पूर्वाधार विकास कार्यालयलाई जिम्मा दिने बताउनुभएको छ

हालसम्म भुजीखोलाको बाढीमा परी १५ जनाको मृत्यु भइसकेको छ भने अझै २३ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्