कोरोना संक्रमणबाट पहिलो पटक पत्रकारको मृत्यु – Janadesh Daily | ePaper

कोरोना संक्रमणबाट पहिलो पटक पत्रकारको मृत्यु


जनादेश, कपिलवस्तु  ।

कोरोना संक्रमणबाट नेपालमा पहिलो पटक एक पत्रकारको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कपिलवस्तुका ६२ वर्षीय पत्रकार बनारसी वर्मा रहेका छन् । श्वासप्रशवासमा समस्या देखिएपछि मृत्यु भएका उनमा कोरोना पुष्टि भएको हो ।

उनी मधुमेह, उच्च रक्तचाप र मिर्गौला रोगबाट पीडित थिए । उनले नेपाल पत्रकार महासङ्घकका पूर्वउपाध्यक्ष र मधेशी पत्रकार समाजको केन्द्रीय उपाध्यक्षको पद समेत सम्हालेका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्