एजेन्सी ।
भारतले सर्वाधिक कोरोना संक्रमितको संक्रमण दरमा विश्वव्यापी अग्रता कायमै राखेको छ । गत साता भारतमा हरेक दिन ८५ देखि ९० हजार हाराहारी संक्रमित थपिएकोमा गत चौबीस घण्टामा यो संख्या केही घटेको छ । तर पनि संसारमा सर्वाधिक संक्रमण दर रहेको मुलुकमा भारत अग्रस्थानमा छ ।
आइतबार मात्र ब्राजिललाई पछि पार्दै दोश्रो सर्वाधिक संक्रमितको देशमा दरिएको भारतमा चौबीस घण्टामा ७५ हजार भन्दा बढी नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४२ लाख ७७ हजार भन्दा बढी पुगेको छ ।
त्यस्तै कोरोनाका कारण चौबीस घण्टामा ११ सय भन्दा बढीले ज्यान गुमाएका छन् । भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७२ हजार ८ सय नाघेको छ ।
भारत एसियाली देशमा सबैभन्दा धेरै संक्रमित र संक्रमणदर रहेको मुलुक हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा अमेरिकापछि दोश्रो स्थानमा छ ।
भारतमा उत्तर प्रदेश, झारखण्ड, छत्तिसगढ र ओडिशा राज्यहरूमा ह्वात्तै सङ्क्रमित बढेका हुन्। भारतको ‘हटस्पट’ भनिएको महाराष्ट्रमा सबैन्दा बढी सङ्क्रमित छन्।
र यो पनि- आजको अपडेटः विश्वमा २ करोड ७४ लाख ७७ हजार संक्रमित, झण्डै ९ लाखको मृत्यु