जनादेश संवाददाता
काठमाडौं । राष्ट्रिय समावेशी आयोगले एक आर्थिक वर्षको बजेट गाडी खरिदमै सकेको छ । एकजना मात्रै पदाधिकारी रहेको आयोगले आर्थिक वर्ष ०७५/०७६ को बजेट गाडी खरिदमै सकेको हो ।
५ जना पदाधिकारी र एक सचिव समेतका लागि ६ वटा गाडी खरिदमा कूल बजेटको ७० प्रतिशत रकम खर्च भएको छ ।