जनादेश, काभ्रे ।
उपत्यका प्रेश गर्ने साँगा नाकामा खटिएका थप ८ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पष्टि भएकोे छ ।
यस अघि भदौ १८ गते दुई जना सुरक्षकर्मीमा संक्रमण देखिएको थियो । मंगलबार जिल्लामा थपिएका १० नयाँ संक्रमित मध्ये ८ जना सुरक्षाकर्मी रहेका छन् । लक्षण देखिएका दुई र लक्षण नदेखिएका ६ जनालाई परिक्षण गरी उपचारका लागि आईसोलेसनमा राखिएको छ ।
जिल्लामा संक्रमित हुनेहरुको संख्या ३३४ पुगेको छ । जसमा सुरक्षाकर्मीको संख्या ४० रहेको छ ।