सवारी पास किर्ते गर्ने पक्राउ – Janadesh Daily | ePaper

सवारी पास किर्ते गर्ने पक्राउ


जनादेश, काठमाण्डौ ।

विदेशमा अलपत्र परेका नागरिकको उद्धार गरी होल्डिङ सेन्टरमा लैजानका लागि जारी गरिने सवारी पास किर्ते गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले पास किर्ते गरेको फेला पारेपछि आज पक्राउ गरेको हो । पक्राउ पर्नेमा पानस ब्याङ्क्वेट होल्डिङ सेन्टरमा नेपाल टेलिकमको सिम वितरण गर्ने डिलरका प्रतिनिधि गोरखा आरुघाट घर भई हाल कपुरधारा बस्ने विश्वप्रकास पनेरु रहेका छन् ।

उनलाई शङ्कास्पद कागजातसहित पक्राउ गरी थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा बुझाइएको व्यूरोका प्रमुख सहकुलबहादुर थापाले जानकारी दिनुभयो । उनको साथबाट कोभिड–१९ सङ्कलन व्यवस्थापन केन्द्रबाट सही गरेको र नगरेको सवारी पाससमेत बरामद गरिएको जनाइएको छ । उनले यसरी किर्ते गरेर प्रतिपास रु दुई हजार लिने गरेको खुल्नआएको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्