इतिहासमै पहिलो पटक भोटो देखाउने जात्रा रोकियो – Janadesh Daily | ePaper

इतिहासमै पहिलो पटक भोटो देखाउने जात्रा रोकियो


जनादेश, ललितपुर ।

छैठौं शताब्दीदेखि चल्दै आएको भोटो देखाउने परम्परा यस वर्ष स्थगीत भएको छ । विश्वभर फैलिएको कोरोना महामारीका कारण यस वर्ष भोटो नदेखाई रातो मच्छिन्द्रनाथलाई सोमबार बुंगमती लगिने भएको छ ।

यो परम्परा सुरु भएदेखि आज पहिलोपटक रोकिएको हो । उपत्यकामा वर्षोदेखि चलिआएको रातो मछिन्द्रनाथको रथ यात्रामा भोटो देखाउने चलन इतिहासमै पहिलो पटक रोकिएको नेवार समुदायका अग्रजले बताएका छन् । यस अघि कहिले पनि भोटो जात्रा रोकिएको थाहा नपाएको उनीहरुले बताएका छन् ।

भोटो जात्रा सकिएपछि मात्र रातो मछिन्द्रनाथ देवतालाई बुंगमती लगिने चलन थियो । तर कोरोना महामारीका कारण यस पटक भने रथयात्रा पुरा नहुँदै बीच बाटोबाटै देवतालाई रथबाट ओरालेर बुंगमती लगिने भएको छ ।

गुठी संस्थानका अनुसार दिउँसो ३ बजे देवतालाई बुंगमती लगिने भएको छ भने पुल्चोकमा रहेको मिमनाथलाई तानेर टंगल पुर्‍याइने छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्