विमानस्थलको महत्वपूर्ण भौतिक संरचना विस्तारको काम सम्पन्न: मन्त्री भट्टराई – Janadesh Daily | ePaper

विमानस्थलको महत्वपूर्ण भौतिक संरचना विस्तारको काम सम्पन्न: मन्त्री भट्टराई


जनादेश, काठमाण्डौँ ।

कोभिड–१९ महामारीबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महत्वपूर्ण चार आयोजना निर्माण भएर सञ्चालनमा आएको छ । देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारअन्तर्गत ३०० मिटर धावनमार्ग, जहाज पार्किङ्ग स्थल, अत्याधुनिक प्रस्थान हल र आगमन हल निर्माणको काम सकिएको हो ।

अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आज ती चार आयोजनाको उद्घाटन गर्नुभयो । मन्त्री भट्टराईले महामारीबीच आयोजनाको निरन्तर अनुगमन, निर्देशनका साथै व्यवस्थापकीय कामको सहजीकरणको परिणामस्वरुप विमानस्थलको महत्वपूर्ण भौतिक संरचना विस्तारको काम सम्पन्न भएको बताउनुभयो ।

८ गतेसम्म अन्तर्राष्ट्रिय चार्टर्ड, उद्धार, कार्गो र नियमित उडानसहित करिब ६२ हजार ८९३ यात्रुको आवागमन भएको जानकारी दिनुभयो ।

हवाई यातायात क्षमता अभिवृद्धि अयोजना प्रमुख मुरारी भण्डारीले बन्दाबन्दीमा ३०० मिटर धावन मार्ग विस्तार, साना ठूला १४ वटासम्म जहाज क्षमताको पार्किङ्ग स्थल, आगमन हललगायत पूर्वाधार विकासको काम सम्पन्न भएको र बाँकी काम छिट्टै शुरु गरिने बताउनुभयो ।

उहाँका अनुसार बाँकी समानान्तर ‘ट्याक्सी वे’ र पार्किङ्ग क्षेत्र विस्तारका लागि चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता भइसकेको छ । विमानस्थलबाट तीन नेपालीसहित ३० वायु सेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ १० हेलिकोप्टर कम्पनीसहित १९ वायु सेवा कम्पनीले उडान गर्छन ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्