काठमाडौँ ।
पूर्वसभामुख दमननाथ ढुङ्गानाले वर्तमान निर्वाचन पद्धतिमा सुधार नगरे लोकतन्त्र स्थिर हुन नसक्ने बताउनुभएको छ ।
अन्तरराष्ट्रिय लोकतन्त्र दिवस १५ सेप्टेम्बरका अवसरमा जुम प्रविधिबाट आज आयोजित लोकतन्त्र संवादको ३४ औँ शृङ्खलामा उहाँले लोकतान्त्रिक शासन व्यवस्था स्थिर बनाउन निर्वाचन पद्धति सुधारका लागि उच्चस्तरीय आयोग गठन गर्न माग गर्नुभयो ।
सत्य निरुपण र मेलमिलाप आयोगका काम पूरा नभई शान्ति प्रक्रिया अलपत्र छाडिनु पनि लोकतन्त्रप्रति चुनौती बनेको उहाँको विश्लेषण थियो ।
कार्यक्रममा विनोदकुमार भट्टराई, टीकाराम न्यौपाने, विष्णु पन्थी, नारायण भट्टराईलगायतले गोविन्द केसीले उठाइरहेका जनताको स्वास्थ्यका विषयमा काँग्रेस, कम्युनिष्टलगायत दल गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो । रासस